२०८३ साउन २१ गते बिहीबार

लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १ गते बुधबार १२:५४

पोखरा । लायन्स क्लब अफ पोखरा डाउन टाउनले मादी गाउँपालिका–२, ताङिताङस्थित हिमालयन मिलन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ। चिसो मौसमका कारण विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण...

पोखरा ।

लायन्स क्लब अफ पोखरा डाउन टाउनले मादी गाउँपालिका–२, ताङिताङस्थित हिमालयन मिलन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ।

चिसो मौसमका कारण विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण प्रदान गर्ने उद्देश्य सहित न्यायो कपडा वितरण गरिएको क्लबका अध्यक्ष ऋषि सुवेदीले जानकारी दिए ।

क्लबका सदस्य लायन अंकित सुवेदीको जन्मोत्सवको अवसर पारेर सामाजिक सेवासँग जोडेर जन्मदिन मनाउने संस्कृतिको सन्देशका रूपमा कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा डाउन टाउनका संस्थापक अध्यक्ष प्रमोद लामिछाने, पूर्व अध्यक्ष भानुभक्त अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमनध्वज गुरुङ, विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, क्लबका सल्लाहकार शंकर कार्की तथा क्लबका शुभचिन्तकहरू सन्तोष पौडेल, सन्दीप गुरुङ, भीम पौडेल र शंकर गिरीको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङले विद्यालय तथा विद्यार्थीहरूको तर्फबाट लायन्स क्लब अफ पोखरा डाउन टाउनप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै अध्ययनमा थप उत्साह र प्रेरणा मिल्ने बताए ।

प्रकाशित मिति २०८२ माघ १ गते बुधबार १२:५४
हजुरको प्रतिक्रिया