पोखरा ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त उर्जा बिना विकास सम्भव नरहेको बताएका छन् ।
२६ औं इप्पान दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।
उनले उर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए । पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव रहेको बताए ।
उनले पर्याप्त र सस्तो उर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताए ।
ग्रामिण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु रहेको उनले बताए ।
उपराष्ट्रपति यादवले नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभइ कुटनीतिक सम्बन्ध पनि सफल बनाउने दाबी गरे ।
उनले भने, ‘उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । पर्याप्त उर्जा बिना विकास सम्भव छैन । त्यसैले उर्जा क्षेत्रलाई सबल बनाउनु हाम्रो साझा जिम्मेवारी हो । पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव हुन्छ । यसले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउँछ । नविकरणीय उर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउँछ । वातावरणीय सन्तुलन कायम राख्छ र जलवायु परिवर्तनका चुनौतिहरु सामना गर्न मद्दत पुग्छ । ग्रामिण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु हो । नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्छ । भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र होइन, कुटनीतिक सम्बन्ध पनि सफल बनाउन सक्छ ।’
उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई उर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशिल बनाउन आवश्यक रहेको बताए ।
नेपाल जलविद्युत तथा नविकरणीय उर्जामा धनी देश भएको उल्लेख गर्दै यसको सदुपयोग गरी उर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताए ।
प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ११:४१




