२०८३ साउन २१ गते बिहीबार

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार ०१:०२

२ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् ।

पोखरा ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ दशमलब ५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

२ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् ।

नानपत कोन्चा रोन्काईले ३२ तथा अफिसरा सुवान चोन राथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् ।

सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

 

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०१:०२
हजुरको प्रतिक्रिया