पोखरा ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोवल छनोटमा थाइल्यान्डसँग मिडल अर्डरले चल्न नसक्दा हार व्यहोरेको बताएकी छन् ।
ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग आइतबार पराजित भएपछि कप्तान इन्दुले मिडल अर्डर चल्न नसक्दा ३०÷४० रन कम भएको र हार व्यहोर्नुपरेको बताइन् ।
उनले ओपनिङमा बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुआत दिएको उल्लेख गरिन् । तर आफू, पूजा महतो र रुबिना क्षेत्रीले मिडल अर्डरमा राम्रो गर्न नसक्दा कम योगफलमा नै रोकिनु परेको उनको भनाइ छ ।
ओपनिङ साझेदारी राम्रो भएपछि पूजा र आफ्नो विकेट छिटै जाँदा समस्या भएको उल्लेख गरिन् । त्यसका कारण पनि ३०÷४० रन कम भएको उनी बताउँछिन् । मिडल अर्डरले राम्रो गरेको भए १५० रनको योगफल पार हुने उनले उल्लेख गरिन् ।
आगामी खेलमा मिडल अर्डरले जिम्मेवार भएर खेल्नुपर्ने उनको भनाइ छ । कप्तान इन्दुले आगामी खेलमा बलियो भएर आउने आशा व्यक्त गरिन् । उनले योजनाअनुरूप केही पक्षमा काम भइरहेको बताइन् ।
पहिलेको भन्दा ब्याटिङमा सुधार भएकाले यो प्रदर्शनबाट सन्तोष रहेको उनी बताउँछिन् । मिडल अर्डरमा लामो समय टिक्न सकेको भए जित निस्कन सक्ने उनले उल्लेख गरिन् ।
सासाना पक्षम सुधार गरिररहेको उनको विश्वास छ ।
थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले आफ्नो बलरले उत्कृष्ट फाइट ब्याक गरेपछि सहज भएको बताइन् । साथै उनले नेपाली टोलीको ब्याटिङमा पनि सुधार आएको उल्लेख गरिन् ।
नेपाली खेलाडीले हरेक बलमा उत्कृष्ट दिइरहेको पनि बताइन् । उनले पहिलो खेलमा जितले टोलीको आत्मविश्वास बढ्ने अशा व्यक्त गरेकी छन् ।
प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०२:३९




