२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज १० हजार ४ सयले बढेर तोलाको २ लाख ९५ हजार पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज १० हजार ४ सयले बढेर तोलाको २ लाख ९५ हजार पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ८ गते बुधबार ११:५६

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

पोखरा ।

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ पुगेको छ ।  यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १० हजार चार सय रूपैयाँ महँगो हो ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  मंगलबार तोलामा पाँच हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार आठ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०८२ माघ ८ गते बुधबार ११:५६
हजुरको प्रतिक्रिया