२०८३ साउन २१ गते बिहीबार

७ औँ सुन्दरबजार कप–२०८२ फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुँदै

७ औँ सुन्दरबजार कप–२०८२ फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुँदै

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ माघ ८ गते बुधबार ०७:०८

सचिब थापाका अनुसार प्रतियोगितामा सहभागि हुन ईच्छुक टिमहरुले माघ ९ गते बेलुका सम्म दर्ता गर्नु पर्ने छ ।

लमजुङ ।

७ औँ सुन्दरबजार कप–२०८२ फुटबल प्रतियोगिता माघ १० गतेदेखि १७ गतेसम्म लमजुङ क्याम्पसको खेलमैदान सुन्दरबजारमा सञ्चालन हुने भएको छ ।

सुन्दरबजार क्लबको आयोजनामा ७ ए साईडमा उच्च धनराशी पुरस्कार प्रगियोगिता हुन लागेको हो । स्थानीय स्तरमा फुटबलको विकास, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको आयोजकले बताएको छ ।

प्रतियोगितामा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, कास्की, स्याङ्जा र गोरखाका गरी करिब २५ वटा टिमको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगिताले विभिन्न जिल्लाका प्रतिस्पर्धी टिमलाई एउटै मैदानमा ल्याउने भएकाले खेलको स्तर उच्च हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।

प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता व्यवस्थापन संयोजक दिवश दुराले जानकारी दिए ।

संयोजक दुराका अनुसार प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

दोस्रो चरणदेखि सञ्चालन हुने सम्पूर्ण खेलमा म्यान अफ दि म्याच घोषणा गरी नगद १ हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने आयोजक क्लबका सचिब बिशाल थापाले जानकारी दिए ।

सचिब थापाका अनुसार प्रतियोगितामा सहभागि हुन ईच्छुक टिमहरुले माघ ९ गते बेलुका सम्म दर्ता गर्नु पर्ने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगितालाई करिब ६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको समेत आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ ८ गते बुधबार ०७:०८
हजुरको प्रतिक्रिया