२०८३ असोज २३ गते शुक्रबार

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ९ गते बिहीबार ०२:५५

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।  नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

पोखरा ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके । त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पु¥याएका थिए ।

रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् । नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् ।

सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।  नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

प्रकाशित मिति २०८२ माघ ९ गते बिहीबार ०२:५५
हजुरको प्रतिक्रिया