२०८३ साउन २१ गते बिहीबार

छैटौं टाइगर कप : त्रिभुवन आर्मी र न्यु डायमण्डको विजयी सुरुवात

छैटौं टाइगर कप : त्रिभुवन आर्मी र न्यु डायमण्डको विजयी सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०१:२४

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

पोखरा ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुवात गरेका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमण्ड विजयी भए । आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा पराजित ग¥यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।

महिलातर्फ आर्मी न्यु डायमण्डसंग पराजित भयो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्यो ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए ।

खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०१:२४
हजुरको प्रतिक्रिया