२०८३ साउन २१ गते बिहीबार

क्यान र खेलाडी बीचकाे विवादमा सिप्यानको ध्यानाकर्षणार्थ वक्तव्य

क्यान र खेलाडी बीचकाे विवादमा सिप्यानको ध्यानाकर्षणार्थ वक्तव्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ५ गते सोमबार ०१:२५

काठमाण्डौ, ५ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान) ले ध्यानाकर्षण वक्तव्य प्रकाशित गरेका छन् । सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ...

काठमाण्डौ, ५ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान) ले ध्यानाकर्षण वक्तव्य प्रकाशित गरेका छन् ।

सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो । खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्याएको उल्लेख गरिएको छ ।

‘वर्गीकरण जस्ताे महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड ताेकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दाेहाेर्‍याउन’– विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ०१:२५
हजुरको प्रतिक्रिया