२०८३ असोज २३ गते शुक्रबार

टाइगर कप भलिबलः पर्वत भलिबल संघको लगातार तेस्रो जित, माल्दिभ्स भलिबलकाे चाैथाे हार

टाइगर कप भलिबलः पर्वत भलिबल संघको लगातार तेस्रो जित, माल्दिभ्स भलिबलकाे चाैथाे हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १४ गते मंगलबार ०३:४४

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ...

पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।
पर्वत भलिबलले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो । माल्दिभ्स भलिबलले भने लगातार चौथो हार बेहोरेको छ ।
अब पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । यसअघि आजै भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान पक्का गरेको थियो । आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
प्रकाशित मिति २०८२ माघ १४ गते मंगलबार ०३:४४
हजुरको प्रतिक्रिया