२०८३ साउन २१ गते बिहीबार

साफ यु–१९ महिला फुटबल शनिबारदेखि पोखरामा

साफ यु–१९ महिला फुटबल शनिबारदेखि पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १६ गते बिहीबार ०२:०६

पोखरा । साफ यु–१९ महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् । प्रतियोगिताको पहिलो खेल शनिबार...

पोखरा ।

साफ यु–१९ महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् ।

प्रतियोगिताको पहिलो खेल शनिबार बंगलादेश र भुटानबिच हुनेछ । सोही दिन नेपाल र भारतबिच खेल हुनेछ । साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिए ।

कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु–१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् ।

महिला साफमा सहभागी हुने टिमलाई पोखराको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

माघ २४ गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०८२ माघ १६ गते बिहीबार ०२:०६
हजुरको प्रतिक्रिया