२०८३ असोज २४ गते शनिबार

देशभर विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण

देशभर विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १७ गते शुक्रबार १२:५४

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छिन् ।

पोखरा ।

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण गरिएको छ ।

शहीद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरेर शहीदहरुको स्मरण गरिएको हो ।

ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको हो ।

शहीद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका लागि राणाकालीन तथा अन्य आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ लगायत) को सम्मानमा कार्यक्रम गरिन्छ ।

माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइन्छ । आजको कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने संकल्प दोहो¥याएको छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो ।  तिनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छिन् ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिएकी छिन् ।

प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार १२:५४
हजुरको प्रतिक्रिया