२०८३ असोज २३ गते शुक्रबार

एसीसी एसिया कप राइजिङ स्टार्स : नेपाली महिला टोलीको कप्तानी पूजा महतोले गर्ने

एसीसी एसिया कप राइजिङ स्टार्स : नेपाली महिला टोलीको कप्तानी पूजा महतोले गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १८ गते शनिबार १२:५४

नेपाली टोलीले आउँदो फागुन १ देखि १० गते अर्थात् (फेब्रुअरी १३ देखि २२ तारिख) सम्म चल्ने राइजिङ स्टार्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ८ टोली सहभागि हुनेछन् ।

पोखरा ।

अर्को महिना थाइल्याण्डमा हुने एसीसी एसिया कप राइजिङ स्टार्समा नेपाली महिला क्रिकेट टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा खेल्ने टोलीको घोषणा गरेको हो ।  नियमित कप्तान इन्दु बर्मा चोटका कारण मैदान बाहिर रहेपछि पूजाले कप्तानको जिम्मेवारी पाएकी हुन् ।

आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत गएको हप्ता स्कटल्याण्डसँगको खेलमा इन्दु घाइते भएकी थिइन् । पूजा राष्ट्रिय टोलीकी नियमित उप–कप्तान हुन् ।

नेपाली टोलीले आउँदो फागुन १ देखि १० गते अर्थात् (फेब्रुअरी १३ देखि २२ तारिख) सम्म चल्ने राइजिङ स्टार्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ८ टोली सहभागि हुनेछन् ।

समूह ‘ए’ मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् । बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया समूह ‘बी’ मा छन् ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

नेपालले फागुन १ गते पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । त्यस्तै फागुन ३ गते युएई र ५ गते भारत ‘ए’ सँग खेल्नेछ ।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार १२:५४
हजुरको प्रतिक्रिया