२०८३ असोज २४ गते शनिबार

नेपाल प्रहरी धुलो टक्टक्याउँदै उठेर नागरिकको सेवामा समर्पित छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरी धुलो टक्टक्याउँदै उठेर नागरिकको सेवामा समर्पित छः प्रहरी महानिरीक्षक कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २० गते सोमबार ०३:४६

प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहि¥याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरुलाई निर्देशन दिए ।
उनले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गराए ।

पोखरा ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।

नेपाल प्रहरीले अनेकौ उत्तारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उनको भनाई थियो ।

सोमबार प्रहरी निरीक्षक निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहि¥याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरुलाई निर्देशन दिए ।

उनले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गराए ।

महानिरीक्षक कार्कीले भने,‘नेपाल प्रहरीले अनेकौ उतारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित छ । धुलो टकटक्याएर उठेको छ । खरानीबाट उठेको छ । र अनि पुन नागरिकको सेवामा समर्पित भएको छ । र आफनो जिम्मेवारी अटल रुपमा निर्वाह गरेको छ । हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौति, अवसर र दायित्व वृद्धि हुँदै गएको कुरा स्मरण गराउँदै जनअपेक्षा र दायित्वको गहि¥याई, बढेकोतर्फ हृदयंगम गर्दै अझ लगनशील हुन निर्देशन दिन चाहन्छु । अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराध बृद्धि एवम विकास हुँदै गईरहेका बेला सो समस्यालाई चिर्नेगरी अघि बढन पनि नेपाल प्रहरी सचेत हुनुपर्दछ ।’

महानिरीक्षक कार्कीले अपराधको क्षेत्रमा भएको वृद्धि र विस्तारलाई नियन्त्रण हुनेगरी अघि बढ्न पनि नेपाल प्रहरीले चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

त्यस अवसरमा उनले प्रहरीका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्तीमा आफू लागिपर्ने समेत बताए ।

प्रकाशित मिति २०८२ माघ २० गते सोमबार ०३:४६
हजुरको प्रतिक्रिया