२०८३ असोज २४ गते शनिबार

जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा

जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २१ गते मंगलबार १२:०४

जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

पोखरा ।

जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ ।

मंगलबार काठमाडौँको नयाँ बानेश्वरस्थितसंसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो ।

जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरेपनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।

प्रकाशित मिति २०८२ माघ २१ गते मंगलबार १२:०४
हजुरको प्रतिक्रिया