२०८३ साउन २१ गते बिहीबार

सेतीपुल निर्माणका लागि सामग्री आइपुग्यो, तल्लो पुलको काम ८० प्रतिशत सम्पन्न

सेतीपुल निर्माणका लागि सामग्री आइपुग्यो, तल्लो पुलको काम ८० प्रतिशत सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २२ गते बुधबार १२:२१

हालसम्म तल्लो पुल निर्माणको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत पुगेको छ । निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाका अनुसार तल्लो पुलको काम करिब ८० प्रतिशत पूरा भइसकेको छ ।

पोखरा ।

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलका लागि आवश्यक सामग्री चीनबाट आइपुगेको छ ।

पोखरा–मुग्लिङ सडक स्तरोन्नति योजना अन्तर्गत सडकसँगै पुल निर्माणका लागि ठेक्का दिइएपछि विगत तीन वर्षदेखि यहाँ पुल निर्माणको काम अघि बढिरहेको छ ।

हाल रहेको पुलको माथिल्लो र तल्लो भागमा गरी थप दुई वटा पुल निर्माण भइरहेको छ । दुई वटा पुल निर्माणका लागि गरिएको पहिलो सम्झौताको म्याद सकिएपछि सरकारले बाँकी काम सम्पन्न आगामी २०८३ साल बैशाख २२ गतेसम्म निर्धारण गरेको थियो ।

हालसम्म तल्लो पुल निर्माणको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत पुगेको छ । निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाका अनुसार तल्लो पुलको काम करिब ८० प्रतिशत पूरा भइसकेको छ ।

बाँकी काम आगामी चार महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए । यद्यपि माथिल्लो पुलको निर्माण भने केही अवरोधका कारण प्रभावित भएको छ ।

स्थानीयवासीले मुआब्जामा चित्त नबुझाउनु, यस्तै पश्चिम पट्टीको एप्रोच सडक निर्माणको लागि बिजुलीका पोल स्थानान्तरण नहुनु तथा खानेपानीका पाइपलाइन सार्न बाँकी रहनु जस्ता समस्या रहेको देवकोटाले बताए ।

प्रकाशित मिति २०८२ माघ २२ गते बुधबार १२:२१
हजुरको प्रतिक्रिया