२०८३ साउन २१ गते बिहीबार

साफ यु -१९ उपाधिका लागि आज बंगलादेश र भारत भिड्दै

साफ यु -१९ उपाधिका लागि आज बंगलादेश र भारत भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २५ गते शनिबार ११:१६

उमेर समूहको खेलमा बंगलादेश निकै अघि देखिन्छ । २०१८ देखी २०२५ सम्म बंगलादेशले ५ पटक उपाधि जितेको छ । भारतले भने २ पटकमात्रै जितेको छ ।

पोखरा

पोखरामा जारी साफ यु१९ च्याम्पियनसिपमा आज उपाधिका लागि बंगलादेश र भारतबिच खेल हुँदैछ । च्याम्पियनसिपमा बलियो बंगलादेश विरुद्ध भारतले प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा भेट भएका यि दुई टोली पुनः फाइनलमा भेट भएका हुन् ।

उमेर समूहको खेलमा बंगलादेश निकै अघि देखिन्छ । २०१८ देखी २०२५ सम्म बंगलादेशले ५ पटक उपाधि जितेको छ । भारतले भने २ पटकमात्रै जितेको छ ।

आज हुने फाइनलमा समेत भारतभन्दा बंगलादेश नै बलियो देखिएको छ । तर, फाइनल भएकाले भारतले कडा चुनौति दिन सक्दैन भन्न पनि मिल्दैन् । तर, बंगलादेश एसियन गेम्स खेल्ने टोली भएकाले पनि निकै बलियो देखिन्छ ।

जारी प्रतियोगिताभर बंगलादेशले एकपक्षिय खेल प्रदर्शनी ग¥यो जुन उपाधि जित्ने बलियो आधार पनि हो । बंगलादेशले पहिलो खेलमा भुटानलाई १२–० ले हराउँदा दोस्रो खेलमा भारतलाई २–० ले हराएको थियो । दुइ खेलबाटै फाइनलको यात्रा गरेको बंगलादेशले अन्तिम खेलमा नेपाल विरुद्ध ४–० जित निकाल्दै तालिकाको शीर्षस्थान हासिल गरि फाइनलमा प्रवेश गरेको हो ।

उता भारतले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसंग २–० को हार व्यहोरेको थियो । भुटानविरुद्ध ८–० को जित निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपाल ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो स्थानमा रहँदा ३ हार व्यहोरेको भुटान अंकविहिन हुँदै बाहिरिएको थियो । बंगलादेशका लागि अल्पी अक्तेर र अरपिता विश्वास अरपिता उत्कृष्ट लयमा छन् । यि दुईले भारत विरुद्ध समेत गोल गरेका थिए । अल्पीले नेपाल र भुटान विरुद्धको खेलमा ह्याट्रिक गरेकी थिइन् । अरपिताले भुटानविरुद्ध एक गोल गरेकी थिइन् ।

यता भारतकी पेरल फर्नान्डेजले भुटान विरुद्ध ह्याट्रिक गरेकी थिइन् भने नेपाल विरुद्धसमेत उनैले गोल गरेकी थिइन् । फाइनलमा समेत उनी भारतका लागि गोलगर्ने सम्भावित खेलाडी हुन् ।

खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । पोखराको फुटबल स्टेडियम पुन निर्माण भएको सात वर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आएको हो । यस अघि उक्त फुटबल मैदानमा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भएका थिएनन् । एक अर्ब २८ करोड बढि खर्चिएर निर्माण गरिएको फुटबल स्टेडिएम कामै नलाग्ने भएपछि साफ उमेर समूह समेत खेलाउन मिल्ने स्थितिमा थिएन । मैदान स्तरोन्नतिसंगै खेलाडीका लागि चेन्जिङ रुम, प्लेयर बक्स, स्कोरबोर्ड लगायतका पूर्वाधार फिफा मापदण्ड अनुसार नभएका कारण अयोग्य देखिएको थियो । साफका प्राविधिकले उक्त कुरा तत्काल गर्न सके पोखरामा साफ हुने बताएपछि गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले ति पूर्वाधार निर्माण गराएको थियो ।

प्रकाशित मिति २०८२ माघ २५ गते शनिबार ११:१६
हजुरको प्रतिक्रिया