२०८३ असोज २३ गते शुक्रबार

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २५ गते शनिबार ०५:३८

पोखरा बंगलादेशलाई हराउँदै भारतले साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको भारतले...

पोखरा
बंगलादेशलाई हराउँदै भारतले साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप ३ गोल ग¥यो ।

खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमैथेनले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् । ६३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतकी एलिजावेद लक्राले गोल गरिन् । बंगलादेशी गोलकिपरले गल्ती गर्दै भारतले ६८औं मिनेटमा तेस्रो गोल ग¥यो । भारतकी पर्ल फर्नान्डेजले गोल गर्दै अग्रता तेब्बर बनाएकी हुन् । ८३औं मिनेटमा अन्विता रघुरमनले गोल गर्दा भारतले ४–० को जित सुनिश्चित ग¥यो ।

च्याम्पियनसिपमा भारतकी मुन्नी उत्कृष्ट गोलकिपर बन्दा सर्वाधिक गोलकर्ता र मोष्ट भ्यालुएबल प्लेयर बंगलादेशकी अल्पी अख्तर बनिन् । माघ १७ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा भारत र बंगलादेशसहित घरेलु टोली नेपाल र भुटान सहभागी भएका थिए ।

प्रकाशित मिति २०८२ माघ २५ गते शनिबार ०५:३८
हजुरको प्रतिक्रिया