२०८३ साउन २१ गते बिहीबार

आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा क्लब र गोर्खा इन्टरनेशनल भिड्दै

आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा क्लब र गोर्खा इन्टरनेशनल भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २८ गते मंगलबार ०३:२२

यो खेल साँझ ५ बजेपछि सुरु हुनेछ । गोल्डकपका खेलहरु पहिलोपटक फ्लडलाइटमा खेलाउने भएकाले खेलहरु साँझ ५ बजेपछि सुरु हुने सहारा क्लबका अध्यक्ष अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

पोखरा ।

२५औं आहा रारा पोखरा गोल्डकप आजदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेशनल क्लब बिच प्रतिश्पर्धा हुँदैछ ।

यो खेल साँझ ५ बजेपछि सुरु हुनेछ । गोल्डकपका खेलहरु पहिलोपटक फ्लडलाइटमा खेलाउने भएकाले खेलहरु साँझ ५ बजेपछि सुरु हुने सहारा क्लबका अध्यक्ष अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

त्यसका लागि अहिले पोखरा रंगशालामा फ्लडलाइट जडानलगायत तयारी भइरहेको छ ।

गोल्डकपमा १२ टोलीको सहभागीता छ जसअन्तर्गत आयोजक सहारा क्लब पोखरासहित नेपाल पुलिस क्लब, चर्च व्वाइज युनाइटेड, मनाङ मस्र्याङदी, नेपाल एपीएफ क्लब, प्लानिङ व्वाइज युनाइटेड र जाउलाखेल युथ क्लब सहभागी हुनेछन् ।

यस्तै भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेड, मछिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब र पे्रmण्ड क्लबले पनि यसपटक सहभागिता जनाउने क्लबका अध्यक्ष थापाले बताए ।

फागुन ९ गतेसम्म चल्ने गोल्डकपमा यो पटक पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । विजेता हुने टोलीले १४ लाख एक हजार र उपविजेता हुने टोलीले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

यसअघि विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउँदै आएका थिए । अनुशासित टिमले २५ हजार पाउँदा सर्वाेत्कृष्ट खेलाडीले टेलजी इलेक्ट्रिक स्कुटर पाउनेछन् ।

विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ २८ गते मंगलबार ०३:२२
हजुरको प्रतिक्रिया