२०८३ साउन २१ गते बिहीबार

आईसीसी पुरुष टी–२० विश्वकप : नेपालले आज दोस्रो खेल इटालीसँग खेल्दै

आईसीसी पुरुष टी–२० विश्वकप : नेपालले आज दोस्रो खेल इटालीसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३० गते बिहीबार १२:०६

इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्ष्य छ ।

पोखरा ।

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै छ ।

समूह ‘सी’ अन्तर्गत नेपाल र अर्को एसोसियट राष्ट्र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्ष्य छ ।

नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो ।

दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र इटली १३ वर्षपछि फरक फम्र्याटमा भिड्न लागेका हुन् ।

सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी–२०आई भिडन्त हुनेछ ।

१३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।

नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ ।

इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।

 

प्रकाशित मिति २०८२ माघ ३० गते बिहीबार १२:०६
हजुरको प्रतिक्रिया