२०८३ साउन २१ गते बिहीबार

मंगल धर्मचक्र बौद्ध गुम्बाको रजत जयन्ती

मंगल धर्मचक्र बौद्ध गुम्बाको रजत जयन्ती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३० गते बिहीबार १२:३३

‘यो गुम्बा निर्माणका लागि रविन्द्र गुरुङको योगदान अतुलनीय छ । उहाँसँगै प्रमुख संरक्षक विक्रम गुरुङ पनि ठुलो देन छ, उनले भने, ‘उहाँले आफ्नो माता पिताको स्मृतिमा शिलाको लागि ठुलो आर्थिक सहयोग गर्नुभएको छ । त्यसैले यो गुम्बाको संरक्षण हामी सधै लागिरहन्छौं ।’

पोखरा ।

पोखरा महानगरपालिका–३१ पचभैयास्थित मंगल धर्मचक्र बौद्ध गुम्बाले रजत जयन्ती मनाएको छ ।

२५ औं साधारण सभा तथा १२ अधिवेशनको उद्घाटन बौद्ध धर्म समाजका अध्यक्ष खेन रिम्पोछे शिर लामा गुरुङ गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका लामा गुरुङले विश्व शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरे ।

यस्तै संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले गुम्बाको निर्माण तथा विकासमा आर्थिक सहयोग गर्ने गुम्बा निर्माण समितिका संयोजक विक्रम गुरुङ, संस्थाका संरक्षक एवं वरिष्ठ सल्लाहकार डीएसपी रविन्द्रमान गुरुङ लगायत सहयोगीहरुलाई आभार प्रकट गरे ।

‘यो गुम्बा निर्माणका लागि रविन्द्र गुरुङको योगदान अतुलनीय छ । उहाँसँगै गुम्बा निर्माण समितिका संयोजक विक्रम गुरुङ पनि ठुलो देन छ, उनले भने, ‘उहाँले आफ्नो माता पिताको स्मृतिमा शिलाको लागि ठुलो आर्थिक सहयोग गर्नुभएको छ । त्यसैले यो गुम्बाको संरक्षण हामी सधै लागिरहन्छौं ।’

उक्त गुम्बा वि.सं. २०५५ सालमा स्थापना प्रक्रिया सुरु भई वि.सं. २०५७ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको गुरुङले बताए ।

उनका अनुसार गुम्बाले बौद्ध धर्मको संरक्षण, संवद्र्धन तथा सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रममा वडाअध्यक्ष ढकनाथ कँडेल तथा जनप्रतिनिधिहरु, गुम्बा निर्माण समितिका संयोजक विक्रम गुरुङ, संस्थाका संरक्षक एवं वरिष्ठ सल्लाहकार डीएसपी रविन्द्रमान गुरुङ, संस्थापक अध्यक्ष शम्शेर बहादुर गुरुङ, पचभैया तमु समाज तथा आमा समूहका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा चन्दादाताहरूको उपस्थिति रहेको थियो ।

२५ औं वार्षिक साधारण सभा तथा १२ अधिवेशनको अवसरमा धनबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित मिति २०८२ माघ ३० गते बिहीबार १२:३३
हजुरको प्रतिक्रिया