२०८३ असोज २३ गते शुक्रबार

भदौरे पञ्चासे तमु ल्होसार मेला तथा कोदो महोत्सव पुष १० गते देखि हुने

भदौरे पञ्चासे तमु ल्होसार मेला तथा कोदो महोत्सव पुष १० गते देखि हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ६ गते मंगलबार ०१:०९

राजु गिरी, पोखरा । भदौरे क्लवको आयोजनामा २३औं संस्करणको ‘भदौरे पञ्चासे तमु ल्होसार मेला तथा कोदो महोत्सव’ आगामी पुष १० गतेदेखि सञ्चालन हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेको बहादुरे माविको खेलमैदानमा हुने मेला...

राजु गिरी, पोखरा । भदौरे क्लवको आयोजनामा २३औं संस्करणको ‘भदौरे पञ्चासे तमु ल्होसार मेला तथा कोदो महोत्सव’ आगामी पुष १० गतेदेखि सञ्चालन हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेको बहादुरे माविको खेलमैदानमा हुने मेला १५ गतेसम्म हुने भएको हो । महोत्सवमा कोदो तथा कोदोबाट बन्ने परिकारहरुको प्रवद्र्धन, पुरुष तथा महिलाको फुटबल प्रतियोगिता, रस्साकस्सी, छेलो, सियो धागो, घैटो फुटाउने, कुर्ची घुमाईलगाएत विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने महोत्सवका संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

विगतदेखि भदौरेमा सञ्चालन हुँदै आएको महोत्सवले पर्यटकलाई भदौरेलाई चिनाउन र यहाँ पाईने कोदो तथा कोदोबाट बनेका परिकारका विषयमा जानकारी दिन पनि महत्वपूर्ण भुमिका खेलेको क्लबका अध्यक्ष जिवन गुरुङले बताए । उनले भने, ‘कोदोको प्रवद्र्धन गर्नका लागि पनि यो महोत्सव महत्वपूर्ण छ । महोत्सवमा स्थानीय उत्पादन कोदोको विक्रि वितरण तथा कोदोबाट बनेका खानेकुराका परिकारहरुको स्वाद लिन पाइनेछ । साथै हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवद्र्धन, युवालाई खेलकुद प्रति आकर्षण र स्थानीय उत्पादनलाई महत्व दिनु हो ।’

महोत्सवको उद्घाटन पुष १२ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास मन्त्री कुमार खड्का र पुष १५ गते समापन सत्रको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ ‘दिपक मनाङ्गे’द्वारा हुने क्लवका सचिव शक्ति गुरुङले जानकारी दिए । महोत्सवमा चर्चित कलाकारद्वारा विभिन्न साँस्कृतिक र लोकदोहोरी कार्यक्रम हुने पनि क्लवले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस ६ गते मंगलबार ०१:०९
हजुरको प्रतिक्रिया