२०८३ साउन २१ गते बिहीबार

पापाको ह्याट्रिकमा फ्रेन्डस्विरुद्ध प्लानिङ ब्वाइजको सहज जीत, क्वाटरमा उज्वेकिस्तानसँग भिड्ने

पापाको ह्याट्रिकमा फ्रेन्डस्विरुद्ध प्लानिङ ब्वाइजको सहज जीत, क्वाटरमा उज्वेकिस्तानसँग भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०५:२७

अब प्लानिङ ब्याइज युनाइटेडले आगामी ५ गते आभा एफसी उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलका रुपमा भोलि (शनिबार) आयोजक सहारा क्लब र विभागीग नेपाल पुलिस क्लब दिउँसो ३ बजे भिड्नेछन् ।

पोखरा ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्लानिङ ब्वाइजको जीतमा पापा इबोइकिबेले ह्याट्रिक पूरा गरे । पहिलो हाफको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एलेक्स वीलियनले पहिलो गोल गरे ।

फ्रेन्डस्का खेमराज श्रेष्ठले डिबक्समा ह्याण्ड गरेपछि प्लानिङ ब्याइजले पेनाल्टीको मौका पाएको थियो ।

यस्तै खेलको ४५ औं मिनेटमा पापा इबोइकिबेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । फेरि उनै पापाले खेलको ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गरे । र टोलीलाई ३ गोलको अग्रता दिलाए ।

उनले ८१ औं मिनेटमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रेन्डस् क्लबलाई ४–० को गोल अन्तरले पराजित गर्न योगदान दिए । खेलबाट उनै पापा म्यान अफ द म्याच घोषित भए ।

अब प्लानिङ ब्याइज युनाइटेडले आगामी ५ गते आभा एफसी उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलका रुपमा भोलि (शनिबार) आयोजक सहारा क्लब र विभागीग नेपाल पुलिस क्लब दिउँसो ३ बजे भिड्नेछन् ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०५:२७
हजुरको प्रतिक्रिया