पोखरा ।
पोखरा–३० लेखनाथमा अवस्थित गुरुकुल विद्याश्रमले आफ्नो १९औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले तीन जना लोकदोहोरी कलाकार—प्रजापति पराजुली, माया गुरुङ र राजन कार्कीलाई सम्मानित गरेको छ ।
साथै कार्यक्रममा ५ वर्षभन्दा बढी समयदेखि शिक्षण कार्यमा संलग्न पाँच जना शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, चेतनामूलक नाटक र आकर्षक फेसन शो प्रस्तुत गरेका थिए ।

विद्यालयमा सञ्चालित होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले फूड स्टल सञ्चालन गरी विभिन्न प्रकारका परिकारहरू पनि तयार गरेका थिए ।
विद्यार्थीहरूको प्रस्तुति अत्यन्त उत्कृष्ट र आकर्षक थियो ।
प्रधानाध्यापक मिलन के.सी.ले बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै बाबु–नानीहरूलाई शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एकेडेमिक डिन नेलिशा ठकुरीले विद्यालय र विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि विद्यालय प्रतिबद्ध रहेको जानकारी दिँदै अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
विद्यार्थीहरुले शैक्षिक र सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति २०८२ फागुन २ गते शनिबार ०१:२८




