२०८३ असोज २४ गते शनिबार

पोखरा–१४ द्वारा आयोजित भजन प्रतियोगितामा ‘शिव पञ्चायान समूह’ प्रथम

पोखरा–१४ द्वारा आयोजित भजन प्रतियोगितामा ‘शिव पञ्चायान समूह’ प्रथम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ४ गते सोमबार १२:४९

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ को आयोजनामा सम्पन्न वडा स्तरीय भजन–कीर्तन प्रतियोगितामा शिव पञ्चायान समूह, प्रगतीटोल प्रथम भएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १४ को आयोजनामा सम्पन्न वडा स्तरीय भजन–कीर्तन प्रतियोगितामा शिव पञ्चायान समूह, प्रगतीटोल प्रथम भएको छ।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न टोलका भजन समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा ज्येष्ठ नागरिक मिलन केन्द्र, पोखरा छिनेडाँडाको समूह द्वितीय भएको छ भने शुभमार्ग भजन समूह, पोखरा–१४ विरौटाले तृतीय स्थान हासिल गरेको छ।

राधाकृष्ण मन्दिर संरक्षण समितिले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः रु. १४ हजार १४, रु. १० हजार १४, रु. ७ हजार १७ र रु. ३ हजार १४ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेता समूहहरूलाई नन्दकला नेपाली र वडा अध्यक्ष बोधबहादुर कार्की ले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा भक्तजनको तर्फबाट उत्कृष्ट तथा लामो समय नृत्य प्रस्तुत गरेको भन्दै मीना केसी, ममता रोका खड्का, प्रतिमा पन्थ र शंकरदेवी पौडेललाई जनही रु. १ हजार १४ नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

श्री ऊँ शिवशक्ति मन्दिर, बेलचौतारा टोल विकास संस्था तथा समाज सुधार तथा महिला उत्थान केन्द्रको व्यवस्थापनमा बेलचौतारामा कार्यक्रम आयोजना गरिएको हो।

सो मन्दिरमा हालै १०८ शिवलिङ स्थापना गरिएको छ ।

वडाध्यक्ष बोधबहादुर कार्कीले कार्यक्रमलाई सफल बनाउन भुमिका खेल्ने सवै प्रति आभार ब्यक्त गर्दे आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरे ।

प्रकाशित मिति २०८२ फागुन ४ गते सोमबार १२:४९
हजुरको प्रतिक्रिया