२०८३ साउन २१ गते बिहीबार

मापसे गरि स्कुल बस चलाउने ५ जना चालक पक्राउ

मापसे गरि स्कुल बस चलाउने ५ जना चालक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ४ गते सोमबार ०३:०८

पोखरा । मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ट्राफिक प्रहरी सहित खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी चेकिङ टोलीले स्कुलबस चालकहरुलाई मापसे चेकजाँच गर्दा...

पोखरा ।

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज विहान ट्राफिक प्रहरी सहित खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी चेकिङ टोलीले स्कुलबस चालकहरुलाई मापसे चेकजाँच गर्दा ५ जनाले मादक पदार्थ सेवन गरेको पाईएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बसका चालक आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक गौतम गुरुङ, बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक भक्त बहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक डम्बर बहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं. को बस चालकपदम बि.क. रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ फागुन ४ गते सोमबार ०३:०८
हजुरको प्रतिक्रिया