२०८३ साउन २१ गते बिहीबार

पोखरा-१८ सेदी र रातोमाटो डाँडामा बनेका अवैध संरचना महानगरले भत्कायाे

पोखरा-१८ सेदी र रातोमाटो डाँडामा बनेका अवैध संरचना महानगरले भत्कायाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ४ गते सोमबार ०७:२०

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाइएका संरचना भत्काएको छ । महानगरपालिकाको कार्यालयबाट अनुमति नलिई अवैध रूपमा निर्माण कार्य अघि बढाएपछि महानगरले ती संरचना हटाएको हो । महानगरले...

पोखरा ।

पोखरा महानगरपालिकाले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाइएका संरचना भत्काएको छ । महानगरपालिकाको कार्यालयबाट अनुमति नलिई अवैध रूपमा निर्माण कार्य अघि बढाएपछि महानगरले ती संरचना हटाएको हो ।

महानगरले पटक-पटक निर्माण कार्य रोक्न निर्देशन दिँदा पनि अटेर गरेपछि नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले संरचना भत्काएको हो । यसअघि नगर प्रहरीको टोलीले निर्माणस्थलमा पुगेर काम रोक्का राख्नुका साथै निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । तर, निर्माण पक्षले महानगरको निर्देशनलाई बेवास्ता गर्दै रातिको समय र सार्वजनिक बिदाको दिन पारेर लुकीछिपी काम जारी राखेका थिए ।

नियम मिचेर संरचना निर्माण गर्ने क्रम नरोकिएपछि कार्यालयको आदेशानुसार फागुन ४ गते नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरी ती संरचना हटाइएको हो । महानगरले अवैध निर्माण कार्यलाई निरुत्साहित गर्न यस्तो कदम चालेको जनाएको छ ।

यस घटनासँगै पोखरा महानगरपालिकाले सम्पूर्ण नगरवासीलाई सचेत गराएको छ । महानगरले एक सूचना जारी गर्दै भनेको छ, ‘महानगर क्षेत्रभित्र कुनै पनि अस्थायी तथा स्थायी संरचना निर्माण गर्नुपूर्व नगरपालिकाको अनुमति लिएर मात्र गर्नुहोला, अन्यथा कारबाहीको भागी हुनुपर्नेछ ।’ महानगरले प्रचलित नियमको पालना गरी विकास निर्माणका काममा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति २०८२ फागुन ४ गते सोमबार ०७:२०
हजुरको प्रतिक्रिया