पोखरा । पोखराको विरौटामा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सर्भिसेजको २६ औं शाखाका रुपमा पोखरा १७ विरौटामा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन सर्भिसेजका संस्थापक तथा ग्लोबल डाइरेक्टर बद्री अर्यालले गरे ।
सो अवसरमा बोल्दै उनले विद्यार्थीको बढ्दो मागलाई मध्यनजर गर्दै विरौटामा पनि नयाँ शाखा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
उनले यस शाखाबाट धेरै विद्यार्थीहरुले उचित परामर्श र लाभ लिने उनको विश्वास छ ।
यस्तै पोखरा शाखाका प्रमुख शली देवानले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहनेहरुका लागि विगत २२ वर्षदेखि काम गर्दै आएको बताए ।

उनका अनुसार एक्सपर्टबाट मुख्यत: अष्ट्रेलिया, अमेरिका, क्यानडा, युके र न्यूजिल्याण्डका लागि काम गर्दै आएको छ ।
‘हामीले मुख्य हेर्ने भनेको ५ देश छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा, युके र न्यूजिल्याण्ड । हामी विशेषगरी यी राष्ट्रहरुमा जान चाहने विद्यार्थी लागि गर्छाै,’ उनले भने ।
पछिल्लो समय उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीको रोजाइमा एक्सपर्ट परेका कारण पोखरामै दोस्रो शाखा विस्तार गर्नुपरेको बताए । उनका अनुसार पोखरामा यसअघि ट्रेडमलबाट पोखरा शाखाका रुपमा सेवा दिँदै आएको छ ।
यस्तै इक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैह्रेले ग्लोबलाईजेसनको वर्तमान समयमा अन्तर्राष्ट्रिय मुलुकहरुमा गएर उच्च शिक्षा हासिल गर्नु स्वभाविक रहेको बताउँदै एक्सपर्ट जस्ता संस्थाहरुका कारण नेपाली विद्यार्थीहरुले सहज रुपमा अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न सकेको धारणा राखे ।

विरौटा शाखा विस्तार कार्यक्रममा एक्सपर्ट एजुकेशन मेलवर्न अफिसका डाइरेक्टर बसन्त पोखरेल, एक्पर्ट नेपाल कन्ट्री म्यानेजर विकास ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पोखरा एक्सपर्टका म्यानेजर विष्णु गौतमले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद प्रकट गरे ।
यसैबीच पोखरा शाखामा आज आयोजित ‘द एक्सपर्ट एज’ कार्यक्रममा ७ सय बढी विद्यार्थीहरुले शैक्षिक परामर्श लिएका थिए भने, विभिन्न राष्ट्रका ४४ कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति २०८२ फागुन १० गते आइतबार ०४:४३




