२०८३ असोज २४ गते शनिबार

सुनसरी १ मा विजयी बन्दै हर्कको संसदीय यात्रा

सुनसरी १ मा विजयी बन्दै हर्कको संसदीय यात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २४ गते आइतबार ०२:२६

यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् ।

सुनसरी ।  सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले तामाङले २७ हजार २४९ मत ल्याइन् ।

तामाङले भन्दा सामपाङले ८ हजार ४९२ बढी मत बटुले । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् ।

राईले धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका हुन् ।

प्रकाशित मिति २०८२ फागुन २४ गते आइतबार ०२:२६
हजुरको प्रतिक्रिया