२०८३ साउन २१ गते बिहीबार

साफ यू–२० च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

साफ यू–२० च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २७ गते बुधबार ०३:१६

नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र भूटान पनि छन् । नेपालले दोस्रो खेल चैत ११ गते श्रीलंकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १३ गते आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान छन् ।

पोखरा ।

नेपालले साफ २० वर्षमुनिको च्याम्पियनशिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्च अर्थात् चैत ९ गते भूटानसँग खेल्दै प्रतियोगिता शुरूवात गर्नेछ ।

माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुनेछ ।

नेपाल गएको संस्करणको उपविजेता टोली हो । सन् २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनल खेलमा ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र भूटान पनि छन् । नेपालले दोस्रो खेल चैत ११ गते श्रीलंकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १३ गते आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान छन् ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल यही चैत २० गते हुनेछ ।

प्रकाशित मिति २०८२ फागुन २७ गते बुधबार ०३:१६
हजुरको प्रतिक्रिया