२०८३ साउन २१ गते बिहीबार

प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २ गते सोमबार ०४:५१

प्रतियोगितामा एक्युरेसी पुरुष ओभरअलतर्फ विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

९० जना प्याराग्लाइडिङ पाइलटकाे नाम दर्ता

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नेपाल हवाई खेलकुद संस्था (ना) ले आयोजना गर्दै आएको प्रतियोगिता कोरोना भाइरस महामारीका कारण २० औं संस्करणपछि रोखिएको थियो ।

उक्त च्याम्पियनसिपलाई यही वर्षदेखि पुनः निरन्तरता दिइएको खेल संयोजक सुनिल बहादुर भट्टराईले बताए ।

उनका अनुसार सो च्याम्पियनसिप आगामी चैत ५ देखि ७ गतेसम्म पोखरामा आयोजना हुनेछ ।

प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० जना प्याराग्लाइडिङ पाइलटहरूले नाम दर्ता गराइएकेको उनले बताए ।

संयोजक सुनिल भट्टराईका अनुसार भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरूले सहभागिताका लागि दर्ता गराएका छन् ।

यसपटक प्रतियोगिता ‘एक्युरेसी’ विधामा सञ्चालन गरिनेछ । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने खपौदी क्षेत्रमा ल्याण्डिङ गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा एक्युरेसी पुरुष ओभरअलतर्फ विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै एक्युरेसी महिला ओभरअलतर्फ र टिम ओभरअलतर्फ विजेताले समान ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाईसमेत टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति २०८२ चैत २ गते सोमबार ०४:५१
हजुरको प्रतिक्रिया