२०८३ साउन २१ गते बिहीबार

फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ११ गते बुधबार ०९:४७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले मूल्यवृद्धि

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रकाशित मिति २०८२ चैत ११ गते बुधबार ०९:४७
हजुरको प्रतिक्रिया