२०८३ साउन २१ गते बिहीबार

राजबहादुरलाई पोखरा पत्रकारिता सम्मान, जगन्नाथ पत्रकारिताबाट एकराज र फडिन्द्र पुरस्कृत

राजबहादुरलाई पोखरा पत्रकारिता सम्मान, जगन्नाथ पत्रकारिताबाट एकराज र फडिन्द्र पुरस्कृत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १६ गते सोमबार ०१:४९

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे ।  

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।

पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो ।

यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद  ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे ।

सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् ।

यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद रु. २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र  मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् ।

साे अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे ।

उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार ०१:४९
हजुरको प्रतिक्रिया