२०८३ साउन २१ गते बिहीबार

२१ औँ नववर्ष महोत्सवको तयारी तिब्र, फेवा किनारमा ३ दिन घन्किनेछन् नौमती बाजा

२१ औँ नववर्ष महोत्सवको तयारी तिब्र, फेवा किनारमा ३ दिन घन्किनेछन् नौमती बाजा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १९ गते बिहीबार ०२:१९

महोत्सवमा नौमती बाजा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनी, लोकदोहोरी तथा आधुनिक सांगीतिक प्रस्तुति, पर्यटक दौड प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समावेश गरिएका छन् ।

पोखरा ।  होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिँदै आयोजना हुने महोत्सवमा संघमा आबद्ध होटलहरुले विशेष छुट दिने संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनका अनुसार सो महोत्सवमा नौमती बाजा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनी, लोकदोहोरी तथा आधुनिक सांगीतिक प्रस्तुति, पर्यटक दौड प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समावेश गरिएका छन् ।

उनले पश्चिमा मुलुकमा भएको द्वन्दका कारण यतिबेला पर्यटकको आवागमनमा प्रभाव परेको बताए ।

पोखरा रहेका पर्यटकको बसाई लम्बाउका लागि उक्त महोत्सवले थप सघाउ पुग्ने अध्यक्ष सुवेदीको भनाई छ ।

३ दिन चल्ने महोत्सव सफल बनाउन २० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सव अवधिमा आन्तरिक तथा बाह्य गरी झण्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने, सह–प्रायोजन एक्सिट्रिम इनर्जी ड्रिंकसले गरेको छ । यस्तै नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको समेत महोत्सवमा सहयोग रहेको छ ।

होटल संघ पोखरामा आवद्ध कुल ४ सय २५ वटा होटलमा ४० हजार बेड रहेका छन् भने १५ हजारले रोजकारीको अवसर पाएका छन् ।

प्रकाशित मिति २०८२ चैत १९ गते बिहीबार ०२:१९

हजुरको प्रतिक्रिया