२०८३ साउन २१ गते बिहीबार

अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २८ गते शनिबार ०८:११

प्रतियोगिताको पुरुषतर्फ एस.वि गाईज प्रथम र ब्रदर्श युनाइटेड द्वितीय भएका छन्। त्यसैगरी, भेट्रान्स तर्फ पोखरा भेट्रान्स रेड प्रथम भएको छ ।

पोखरा ।

वैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेशको आयोजनामा नववर्ष २०८३ को अवसरमा आयोजित अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

आज सम्पन्न उक्त प्रतियोगितामा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताले खेल भावना, अनुशासन तथा आपसी सद्भावलाई प्रवद्र्धन गर्दै कार्यक्रमलाई भव्य र सफल बनाएको संघका अध्यक्ष सुजन श्रेष्ठले जिकिर गरे ।

प्रतियोगिताको पुरुषतर्फ एस.वि गाईज प्रथम र ब्रदर्श युनाइटेड द्वितीय भएका छन्। त्यसैगरी, भेट्रान्स तर्फ पोखरा भेट्रान्स रेड प्रथम भएको छ ।

महिलातर्फ फ्यूचर स्टारले प्रथम स्थान हासिल गर्दा पोखरा कुइन्स् द्वितीय भएका छन्। व्यक्तिगततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये आकृति थापा उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

महिलातर्फको बेस्ट स्पाइकर अस्मिता थापा र पुरुषतर्फ सन्तोष पोख्रेल घोषित भए। साथै, विकास रेग्मी प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी टिमहरू, खेलाडीहरू, व्यवस्थापकहरू तथा समर्थकहरूको सक्रिय सहभागिताले खेललाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको थियो ।

प्रकाशित मिति २०८२ चैत २८ गते शनिबार ०८:११
हजुरको प्रतिक्रिया