२०८३ साउन २१ गते बिहीबार

शुक्रबारदेखि पोखरामा रोटरीको १८ औं डिस्ट्रिक्ट कन्फरेन्स

शुक्रबारदेखि पोखरामा रोटरीको १८ औं डिस्ट्रिक्ट कन्फरेन्स

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ३ गते बिहीबार १०:४७

सन् १९०५ मा अमेरिकाको सिकागोबाट सुरु भएको रोटरी अभियान हाल विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । नेपालमा सन् १९५९ मा काठमाडौंबाट सुरु भएको यो अभियान हाल देशैभर १५० भन्दा बढी रोटरी क्लब र ५ हजार ४ सयभन्दा बढी सदस्यहरू सक्रिय छन् ।

१५ सय रोटरियन सहभागी हुने

पर्यटकीय नगरी पोखरामा आयोजना हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।

वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नयाँ वर्ष २०८२ को सुरुवातसँगै आयोजना हुन लागेको यस तीन दिने सम्मेलनमा नेपाल र भुटानका गरी करिब १ हजार ५ सय रोटरियनहरूको सहभागिता रहने कन्फेरेन्स सेक्रेटरी बाबुराम बरालले जानकारी दिए ।

उनका अनुसार ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ स्थापित रोटरीले यस सम्मेलनमार्फत रोटरीका सातवटा मुख्य सेवाका क्षेत्रहरूमा गहन छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसँगै विभिन्न सामाजिक र व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई ‘भोकेसनल अवार्ड’ बाट सम्मानित गरिने कार्यक्रम छ ।

त्यस्तै, सम्मेलनको अन्तिम दिन रोटरी वर्ष २०२८–२९ का लागि डिस्ट्रिक्ट गभर्नरको निर्वाचनसमेत गरिने कन्फेरेन्स सेक्रेटरी बरालले बताए ।

कार्यक्रममा विभिन्न विषयमा प्यानल डिस्कसन तथा रोटरीका आगामी कार्ययोजनाबारे समूहगत छलफल हुनेछ ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न २० वटा उप–समितिहरू ६ महिनादेखि क्रियाशील छन् ।

पर्यटनको सिजन र नयाँ वर्षको अवसरमा आयोजना हुने यस ठूलो कार्यक्रमले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९०५ मा अमेरिकाको सिकागोबाट सुरु भएको रोटरी अभियान हाल विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । नेपालमा सन् १९५९ मा काठमाडौंबाट सुरु भएको यो अभियान हाल देशैभर १५० भन्दा बढी रोटरी क्लब र ५ हजार ४ सयभन्दा बढी सदस्यहरू सक्रिय छन् ।

प्रकाशित मिति २०८३ वैशाख ३ गते बिहीबार १०:४७
हजुरको प्रतिक्रिया