२०८३ साउन २१ गते बिहीबार

छैटौं टाइगर कपको आम्दानी १ करोड ६० लाख, बचत झण्डै २३ लाख

छैटौं टाइगर कपको आम्दानी १ करोड ६० लाख, बचत झण्डै २३ लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ५ गते शनिबार १२:२४

पोखरा । पोखरामा माघ दोस्रो साता भएको टाइगर कपले साढे २२ लाख बढी रकम बचत गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको छैटौं संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २२ लाख...

पोखरा ।

पोखरामा माघ दोस्रो साता भएको टाइगर कपले साढे २२ लाख बढी रकम बचत गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको छैटौं संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २२ लाख ६५ हजार १०६ रुपैयाँ बचत गरेको हो ।

प्रतियोगिताबाट १ करोड ६० लाख ७ हजार ७ सय ५५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार भलिबल खेल हेर्न आएका दर्शकले काटेको सिजनल र प्रवेश शुल्क टिकटबाट मात्रै ६० लाख भन्दा बढी रकम आम्दानी भएको छ ।

प्रतियोगिता सञ्चालनको दौरानमा १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपयाँ खर्च भएको उनले बताए । बचत भएको रकम विशुद्ध सामाजिक र खेलकुद क्षेत्रमा सहयोग गरिने शर्माले बताए ।

माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालाको भलिबल मैदानमा प्रतियोगिता भएको थियो । पुरुषतर्फ ६ र महिला तफै ५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा महिला तर्फ टिप टप न्यु डाइमण्ड स्पोर्टस क्लब प्रथम भएको थियो भने नेपाल पुलिस क्लब द्धितिय र थाइलेण्ड क्विन्स तृतिय भएका थियो ।

यस्तै पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ प्रथम हुदाँ ,नेपाल पुलिस क्लब द्धिति भयो भने पर्वत जिल्ला भलिबल संगले तृतीय स्थान हात पारेको थियो ।

 

प्रकाशित मिति २०८३ वैशाख ५ गते शनिबार १२:२४
हजुरको प्रतिक्रिया