२०८३ साउन २१ गते बिहीबार

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ७ गते सोमबार ११:३८

पोखरा । आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर देशभर मनाइँदैछ । विभिन्न चोक र सार्वजनिक स्थलहरूमा आज बटुवाहरूलाई सातु र सर्वत खुवाउने कार्यक्रमहरू भइरहेका छन् । गुठी र परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा शिविर राखेर सेवा दिइरहेका...

पोखरा ।

आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर देशभर मनाइँदैछ । विभिन्न चोक र सार्वजनिक स्थलहरूमा आज बटुवाहरूलाई सातु र सर्वत खुवाउने कार्यक्रमहरू भइरहेका छन् ।

गुठी र परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा शिविर राखेर सेवा दिइरहेका छन् । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी यो सेवा प्रदान गरिएको छ ।

वैशाखको तातो घाममा सातु र सर्वतले शरीरलाई ऊर्जा र शितलता प्रदान गर्ने वैज्ञानिक कारण पनि छ ।

पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि विशेष पूजाहरू भइरहेका छन्। अक्षय तृतीयाको दिनलाई सृष्टिको शुरुवातको दिन पनि मानिन्छ । त्रेता युगको शुरुवात आजकै दिन भएको पौराणिक मान्यता छ ।

भक्तजनहरूले पशुपति क्षेत्रमा दान–पुण्यका कार्यहरू पनि गरिरहेका छन् ।

आजको दिन पशुपतिनाथको दर्शन गर्नाले अनन्त फल प्राप्त हुने जनविश्वास छ ।

सनातन धर्मावलम्बीहरूकाअनुसार आजको दिन सुन वा चाँदीका गहना किन्दा घरमा बरकत र समृद्धि आउने विश्वास गरिन्छ ।

आजको दिनमा गरिएका सत्कर्महरू अक्षय रहने धार्मिक विश्वास छ ।

दुःखी र असहायलाई सातु, पानी र छाता दान गर्नु पुण्यदायी मानिन्छ । नयाँ व्यवसाय वा ठूला लगानी शुरुवात गर्न आजको दिन उत्तम मुहूर्त हो ।

प्रकाशित मिति २०८३ वैशाख ७ गते सोमबार ११:३८
हजुरको प्रतिक्रिया