२०८३ साउन २१ गते बिहीबार

सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा तिब्रता दिन सांसदहरुको सुझाव

सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा तिब्रता दिन सांसदहरुको सुझाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ८ गते मंगलबार ०५:४८

भवनहरूमा अपांगमैत्री तथा महिलामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्न समेत उनीहरुको सुझाव छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले भवन निर्माण विभागलाई हतारमा काम सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिए ।

पोखरा ।

राष्ट्रिय सभाका सांसदहरूले सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा भएको ढिलाईप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागको ध्यानाकर्षण गराएका हुन् ।

भवनहरूमा अपांगमैत्री तथा महिलामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्न समेत उनीहरुको सुझाव छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले भवन निर्माण विभागलाई हतारमा काम सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिए ।

उनले धरहराजस्तै उद्घाटन गर्न हतारो गर्नको लागि नभई प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिए ।

विभाग आफैं जिम्मेवार निकाय भएको उल्लेख गर्दै सांसद परियारले प्रभावकारी व्यवस्थापनमार्फत काम छिटो सम्पन्न गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘भनव निर्माण विभागलाई मेरो आग्रह छ । छिटो सक्ने नाममा नयाँ संसद भवनलाई धरहरा मोडेलमा नगरौँ । अलिकति समय लाग्छ भने पनि ठिकै छ । अर्को कुरा, विभाग आफैं पनि जिम्मेवार तहमा भएको कारण प्रभावकारी रुपमा कसरी छिटोभन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गर्न सकिन्छ ? त्यो शिराबाट हेरौँ ।’

नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले विभागको लक्ष्यअनुसार असार मसान्तसम्म संसद भवन निमर्काणको काम सम्पन्न हुनेमा शंका व्यक्त गरिन् ।

उनले ग्यालरी बैठक कक्ष निर्माणमा पनि ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

निर्माणाधीन भवनका शौचालय ढोकासमेत प्रयोग गर्न नसकिने अवस्थाको रहेको भन्दै प्रारम्भमै ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै उनले महिला तथा अपांगमैत्री संरचना बनाउन समेत विभागको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘भन्न त उहाँहरुले नयाँ संसद भवन आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको भन्नुभयो । तर काम हेर्दा अहिले पनि समयमै सम्पन्न हुनेमा शंका नै छ । अर्को कुरा ग्यालरी बैठक कक्ष निर्माणको बारेमा पनि म आएदेखि नै छलफल भइरहेको छ । हामी धेरै पटक अवलोकन पनि गयौँ । तर त्यहाँ पनि प्रभावकारी रुपमा काम हुन सकिरहेको छैन । अनि निर्माणाधीन संसद बैठकका वासरुमका ढोकाहरु हामी छिर्नै नसक्ने रैछन् । हामीले त्यही बेला भनेका थियौँ त्यो ढोका ठिक हुदैन ।’

नेकपा सांसद गोमादेवी तिमिल्सिनाले निर्माणाधीन संसद भवनलाई अपांगमैत्री र महिलामैत्री बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘निर्माणाधीन संसद भवनको संरचनाहरु अपांगमैत्री र महिलामैत्री बनाउनुपर्छ । विभिन्न समयमा महिलाहरुका आफ्नै समस्याहरु हुन्छन् । त्यसकारण यस कुरामा ध्यान दिनुपर्छ ।’

बैठकपछि समितिक पदाधिकारीहरूले निर्माणाधीन ग्यालरी बैठक भवनको अनुगमन समेत गरेका थिए ।

प्रकाशित मिति २०८३ वैशाख ८ गते मंगलबार ०५:४८
हजुरको प्रतिक्रिया