२०८३ साउन २१ गते बिहीबार

एफएनसीसीआईको ६० औँ साधारण सभामा सहभागि गराउन माग गर्दै १८ वटा वस्तुगत संघहरुको प्रदर्शन

एफएनसीसीआईको ६० औँ साधारण सभामा सहभागि गराउन माग गर्दै १८ वटा वस्तुगत संघहरुको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ९ गते बुधबार ०३:३४

वस्तुगत संघहरुले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९ औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् ।

पोखरा ।

विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरुले उद्योग वाणिज्य महासंघको आसन्न सधारण सभामा सहभागि गराउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संस्थाहरुलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरुले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासंघहरुलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो ।

वस्तुगत संघहरुले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९ औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् ।

नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले सदस्यता नविकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

एफ.एन.सीसी.आईले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरुको सदस्यता नविकरण गरेको त आफूहरुलाई सदस्यता दिन नमानेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो संस्थालाई हटाउने, सदस्यता नविकरण नगर्ने, एउटै कार्यक्षेमा जुधेका संस्थाहरुलाई चाँही सदस्यता दिने अनि हामीलाई नदिने महासंघको प्रवृत्ति विरुद्ध हामी आन्दोलनमा आएका हौँ । त्यसकारण अन्य सदस्यहरुको सरह हामी पनि कायम रहनुपर्छ भन्ने हाम्रो माग हो ।’

महासंघको ६० औं वार्षिक साधारण सभा यही वैशाख २१ र २२ गते काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति २०८३ वैशाख ९ गते बुधबार ०३:३४
हजुरको प्रतिक्रिया