२०८३ असोज २४ गते शनिबार

मैया नेपालीलाई विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश

मैया नेपालीलाई विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ९ गते बुधबार ०७:१५

उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।

जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उच्च अदालत पोखराले दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो ।

उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो ।

२०७९ साल पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबिच जातीय छुवाछुतको विषयमा विवाद भएको थियो ।

त्यसपछि नेपालीले आफूमाथिको दुव्र्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालतले अधिकारीलाई दोषी ठहर गरेको थियो । उक्त फैसला विरुद्ध वडाध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गरिदिएको छ ।

प्रकाशित मिति २०८३ वैशाख ९ गते बुधबार ०७:१५

हजुरको प्रतिक्रिया