२०८३ साउन २१ गते बिहीबार

वैवाहिक बर्षगाँठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन

वैवाहिक बर्षगाँठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ११ गते शुक्रबार १२:४०

पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्वआश्रममा आश्रित ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गरेका हुन् । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए ।

पोखरा ।

परम्परागतरुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडे र उनकी जीवनसंगीनी जानुका पाण्डेले  वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिसंग मनाएका छन् ।

पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्वआश्रममा आश्रित ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गरेका हुन् । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए । पत्रकार पाण्डेको यो पहलले व्यक्तिगत खुशीलाई समाजसंग बाँड्ने संस्कारको विकासको संकेत भएको बताउँदै उनले भने, ‘पछिल्लो समय बढ्दो खर्चिलो प्रवृत्तिवाट टाढा रहँदै यस्ता सामाजिक कार्यतर्पm आकर्षण बढ्नु सकारात्मक परिवर्तनको सुचक हो ।’

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता उदाहरणीय कार्यले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवद्र्धन गर्न समहत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वृद्धाश्रममा आश्रित जेष्ठनागरिकलाई कृयाशिल बनाउन तरकारी खेतीतर्फ आकर्षण बढाउनु पर्ने बताउँदै उनले त्यसकालागि कृषि महाशाखाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सवैको सानो सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गर्दै पछिल्लो समय दुःख सुखका अवसरमा सामाजिक सेवामा समर्पित हुने क्रम बढेको बताए । पत्रकार पाण्डेले पारिवारीक सल्लाह अनुसारनै पोखरा वृद्धाश्रममा आप्mनो वैवाहिक जीवनको वर्षगाँठ मनाउन पाउँदा अन्यत्तै खुशी लागेको बताउँदै आवश्यक पर्दा आश्रमलाई भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार १२:४०
हजुरको प्रतिक्रिया