२०८३ असोज २४ गते शनिबार

पूर्ण पौडेलको स्मरणमा शैक्षिक सामाग्री वितरण

पूर्ण पौडेलको स्मरणमा शैक्षिक सामाग्री वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १३ गते आइतबार ०३:२७

पोखरा । जनयुद्वकालीन समयमा राज्यपक्षबाट पक्राऊ गरि बेपत्ता पारिएका तत्कालिन विद्यार्थी नेता पूर्ण पौडेलको स्मरणमा आइतबार पोखरामा शैक्षिक सामाग्री वितरण गरिएको छ । पूर्ण पौडेल प्रतिष्ठानले पोखरा–१४ स्थित सहिद स्मृति आवासीय...

पोखरा ।

जनयुद्वकालीन समयमा राज्यपक्षबाट पक्राऊ गरि बेपत्ता पारिएका तत्कालिन विद्यार्थी नेता पूर्ण पौडेलको स्मरणमा आइतबार पोखरामा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

पूर्ण पौडेल प्रतिष्ठानले पोखरा–१४ स्थित सहिद स्मृति आवासीय विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो। शैक्षिक सामाग्री वितरण कार्यक्रममा पूर्ण पौडेलकी जीवनसंगिनी तथा माओवादी नेतृ साबित्रा दुराले अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पौडेललाई अध्ययनरत अवस्थामै गिरफ्तार गरी बेपत्ता बनाएको स्मरण गरिन् । उनका अनुसार विसं २०५९ वैशाख १३ गते काठमाडौंको कालीमाटीबाट पौडेल पक्राउ परेका थिए । पौडेलको अवस्थाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिष्ठान पोखराका अध्यक्ष तथा पौडेलका दाजु केदार पौडेलले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था २४ वर्षसम्म पनि सार्वजनिक नगर्नु राज्यको गम्भीर लापरबाही भएको टिप्पणी गरे। उनले सत्यतथ्य सार्वजनिक गर्दै शान्ति प्रक्रिया टुंग्याउन सरकारसँग माग गरे।

कार्यक्रममा सहिद परिवार, वेपत्ता नागरिकका परिवार तथा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भए । उनीहरुले बेपत्ता योद्धाहरूको अवस्थाबारे सत्य बाहिर ल्याउन र शान्ति प्रक्रिया छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए । पौडेलकी आमा मोतिमाया पौडेल समेत उपस्थित कार्यक्रममा बेपत्ता नागरिक पौडेलका भान्जा दर्शित कोइरालाले पूर्ण पौडेलप्रति सर्मपित कविता वाचन गरे ।

सहिद स्मृति विद्यालयकी प्रधानाध्यापक कल्पना चिलवालले वेपत्ता नागरिकको स्मरणमा विद्यार्थीहरुलाई सहयोग गरिएको प्रति प्रतिष्ठानलाई धन्यवाद् दिईन् ।

 

प्रकाशित मिति २०८३ वैशाख १३ गते आइतबार ०३:२७
हजुरको प्रतिक्रिया