२०८३ साउन २१ गते बिहीबार

मूल्यवृद्वि र सुकुम्बासी समस्यामा सरकारलाई काँग्रेसले गरायो ध्यानाकर्षण

मूल्यवृद्वि र सुकुम्बासी समस्यामा सरकारलाई काँग्रेसले गरायो ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १४ गते सोमबार ०३:३२

पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा महंगी बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य नागरिकको चुलो...

पोखरा ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा महंगी बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य नागरिकको चुलो र दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको बताए ।

बजारमा रहेका कृत्रिम अभाव र मूल्यवृद्धिलाई कडाइका साथ अनुगमन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुकुम्बासी समस्याको समाधानबारे बोल्दै चालिसेले कुनैपनि नागरिक बेघर हुन नहुने बताए । संविधानले प्रदत्त गरेको गाँसबास, खाद्य सुरक्षा र रोजगारीको अधिकार संरक्षण गर्नु सरकारको अभिभावकीय दायित्व भएको उनको तर्क छ ।

यद्यपि, गैरकानूनी र अतिक्रमित क्षेत्रबारे सरकारको आफ्नै क्षेत्राधिकार भएपनि जनताको आधारभूत स्वतन्त्रता र अधिकारको रक्षा हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८३ वैशाख १४ गते सोमबार ०३:३२
हजुरको प्रतिक्रिया