२०८३ साउन २१ गते बिहीबार

राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसक्दा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँः काँग्रेस महामन्त्री पौडेल

राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसक्दा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँः काँग्रेस महामन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १७ गते बिहीबार ०५:१३

पार्टीले प्रविधि नबुझ्नु र समयानुकूल रूपमा लागू गर्न नसक्नु नै निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण भएको उनको स्वीकारोक्ति छ ।  उनले पार्टीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिमा पार्टी अघि बढिरहेको रहेको पनि बताए ।

पोखरा ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसकेकै कारण पार्टीले गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

पार्टीले प्रविधि नबुझ्नु र समयानुकूल रूपमा लागू गर्न नसक्नु नै निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण भएको उनको स्वीकारोक्ति छ ।  उनले पार्टीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिमा पार्टी अघि बढिरहेको रहेको पनि बताए ।

उनले नेपाली काँग्रेसलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्यका साथ सदस्यहरूलाई प्रविधिसँग जोड्ने काम भइरहेको पनि उल्लेख गरे ।

पार्टी सदस्यहरूको योगदान र इतिहास सुरक्षित राख्ने, पार्टीले सदस्य पहिचान गर्ने तथा सदस्यहरूले अझ प्रभावकारी रूपमा योगदान गर्न सक्ने वातावरण सिर्जना गर्ने दिशामा अघि बढिरहेको जिकिर पनि उनले गरे ।

उनले भने, ‘राजनीति पूर्णरुपमा प्रविधिकरण भएको छ । यो बेला डिजिटलाइजेशनको प्रक्रिया आत्मसाथ गर्न सकिएन भने हामीले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सक्दैनौँ । यी कतिपय कुराहरु नबुझेको र आत्मसाथ गर्न नसकेको कारणले पनि हामीले निर्वाचनमा उपलब्धी हासिल गर्न नसकेका हौँ । त्यसकारण हामी नेपाल काँग्रेस पार्टीलाई पूर्ण रुपमा प्रविधिमैत्री पार्टीका रुपमा विकास गर्न खोजिरहेका छौँ । सदस्यहरु समेत प्रविधिको रुपमा जोड्न खोजिरहेका छौँ । पार्टी र पार्टी सदस्यबीचकाचे दूरि कम गर्नको लागि पनि नेपाली काँग्रेस पार्टीलाई डिजिटलाइज गर्न जरुरी छ । यसलाई अरुले फरक ढंगले बुझेको पनि पाइयो । बुझाई सही भएपनि व्याख्या फरक ढंगले गरेको पनि पाइयो । पार्टी सदस्यहरुको योगदान र इतिहासलाई सुरक्षित गर्ने, पार्टीले सदस्य चिन्ने र सदस्यले पार्टीलाई बढीभन्दा बढी योगदान गर्नसक्ने स्थिति निर्माण गर्न खोजिएको हो ।’

उनले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नभई कार्यान्वयनमा आएको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित मिति २०८३ वैशाख १७ गते बिहीबार ०५:१३
हजुरको प्रतिक्रिया