२०८३ साउन २१ गते बिहीबार

सांसदहरुलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौं

सांसदहरुलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २१ गते सोमबार ०३:०७

पोखरा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरुलाई आग्रह गरेकी छन् । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको...

पोखरा ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।

सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गौतमले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरुले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको बताइन् । मन्त्री गौतमले सांसदहरुले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताइन् ।

सरकार सांसदहरुले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाई छ । सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरुले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराइन् । मन्त्री गौतमले संसद र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरुले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन् ।

प्रकाशित मिति २०८३ वैशाख २१ गते सोमबार ०३:०७
हजुरको प्रतिक्रिया