२०८३ असोज २३ गते शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन: मतगणना कार्य जारी, एसोसिएटतर्फ सदस्यको नतिजा सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन: मतगणना कार्य जारी, एसोसिएटतर्फ सदस्यको नतिजा सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २३ गते बुधबार ०१:१३

काठमाडौं-     नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ । नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु...

काठमाडौं-     नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ ।

नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु गरेको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमश: सार्वजनिक गर्ने तयारी गरिएको छ ।

अहिलेसम्म एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए ।

त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए ।

यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत पाए । त्यस्तै रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९ सय ९१, प्रियराज रेग्मी ९ सय ५४ र ईश्वरबहादुर जिसीले ९ सय ४५ मत ल्याएर विजयी भए ।

यस्तै सुरज उप्रेती ९ सय ७, कृष्णलाल महर्जन ८ सय ७४ र बटु लामिछाने ८ सय ६० मतसहित विजयी भए ।

प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०१:१३
हजुरको प्रतिक्रिया