२०८३ साउन २१ गते बिहीबार

काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित सदस्यहरुले गरे शपथ ग्रहण

काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित सदस्यहरुले गरे शपथ ग्रहण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २३ गते बुधबार ०४:२५

उपसभापति शर्माले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेका थिए ।

पोखरा ।

नेपाली काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहितका सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरुलाई शपथ खुवाए ।

पार्टीका उपसभापति एवं केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख शर्माले मंगलवार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका थिए ।

उपसभापति शर्माले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेका थिए ।

प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०४:२५
हजुरको प्रतिक्रिया