पोखरा ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
बुधबार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन् । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान, कानून विपरितका प्रावधान सच्याउने गरी सांसदहरुलाई आफूले बैठकमा भनेको सभापति थापाको भनाई थियो ।
उनले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्ति समेत जनाए । सभापति थापाले काँग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भुमिका निर्वाह गर्ने पनि बताए ।
उनले भने,‘सरकारले संविधानको सीमा भित्र बसेर गर्ने सकारात्मक कामहरुमा नेपाली काँग्रेसले कुनै अवरोध पु¥याउँदैन । पार्टीको निर्णय यही हो । हामीले पार्टी संसदीय दललाई पनि यो निर्णय जानकारी गराएका छौँ । तर संविधानको परिधिभित्र रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि हाम्रो काम हो । जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ काँग्रेसले प्रश्न गर्छ, जहाँ खवरदारी गर्नुपर्ने हो, त्यहाँ त्यो गर्छ । जहाँ विकल्प सुझाउनुपर्ने हुन्छ, त्यहाँ हामी त्यो काम पनि गर्छौ । यो सन्दर्भमा अहिले यहाँ उठाउनुपर्ने २÷३ वटा विषयहरु छन । यसले हामीले पार्टीले संसदीय दललाई जानकारी गराएका छौ । एउटा विषय कानूनको शासनको सन्दर्भमा छ । डेमोक्रेशी फण्डामेन्टल कुरा भनेको विधिको शासन, कानूनको शासन हो । कानूनको शासनले भन्ने भनेको कानूनभन्दा माथि कोही पनि हुँदैन । तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरु जुन गरिकाले गरिएका छन, भएका छन । त्यो कुरा हेर्दै गर्दा के लाग्छ भने यो सरकार एउटा ठूलो भ्रममा छ । मैले ओलीजी प्रधानमन्त्री हुँदा पनि यो कुरा सम्झाएको थिए सार्वजनिक रुपमा नै । मैले भनेको थिएँ–तपाईको सरकार भ्रममा छ । मसँग दुई तिहाई छ । त्यसैले मैले जे कानून बनाएपनि हुन्छ भन्ने थियो । त्यो भ्रमले तपाईलाई डुबाउँछ भनेको थिए । अहिले यो सरकारलाई पनि भन्नुपर्ने भयो । सरकारसँग दुई तिहाई छ । सरकारसँग जहिले पनि बहुमत हुन्छ । अनि न सरकार बन्छ । बहुमतले जहिले पनि कानून बनाउन सक्छ । तर कस्तो कानून बनाउने, त्यो कानूनको प्रयोग कसरी गर्ने भन्ने कुरा हो । यसमा सरकारको ख्याल पुगेका छैन । सम्झाउनुपर्छं भन्ने कुरा हो । दोस्रो विषय अध्यादेशसँग जोडिएको विषय छ । नेपाली काँग्रेस अध्यादेश ल्याउने कुनै नै गलत छ भनेर विषय उठाउने कुरा उचित हुँदैन । अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ । हिजो हामीले पनि ल्याएको थियौं । भोली पनि ल्याउनुपर्ने परिस्थिति बन्छ । तर विषय केसँग जोडिएर आउँछ भने केका लागि ल्याइएको हो ? कुन नियतले ल्याइएको भन्ने कुरा चाँही जहिले पनि हेर्नुपर्ने हुन्छ । अहिले दर्जनौ अध्यादेशहरु ल्याइउका छन । राष्ट्रपतिले अध्यादेश बनाईसक्नु भएको छ । अव संसदमा आएको छ । हामीले आज हाम्रो दललाई भनेका छौ–यो प्रत्येक अध्यादेश जुन अव संसदमा आउँछ । भोली यो प्रतिस्थापन विधेयकको रुपमा आउँदा यस भित्र कुन विषय संविधानसम्मत छ, कुन विषय संविधानसम्मत छैन ? कसले नागरिक हक अधिकार खोसेको छ, कुन ठिक छ, कुन ठिक छैन ? भनेर यसलाई जाँच्ने त्यसको आलोकमा प्रश्न उठाउने, र, आश्यक्ता अनुसार सच्याउनका लागि दबाब दिने यो तपाईहरुको काम हो । यो भुमिका निर्वाह गर्नुहोस भनेर भनेका छौँ ।’
सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्ले कानून बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताए ।
प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०५:२४




