२०८३ असोज २३ गते शुक्रबार

पोखराको काँहुखोलाबाट १० जुवाडे पक्राउ

पोखराको काँहुखोलाबाट १० जुवाडे पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २४ गते बिहीबार १०:३६

कास्की प्रहरीले पोखरा महानगरपालिका–१३ स्थित काँहुखोलाबाट जुवाखालबाट १० जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो एक खाजाघरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो । जिल्ला...

कास्की प्रहरीले पोखरा महानगरपालिका–१३ स्थित काँहुखोलाबाट जुवाखालबाट १० जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो एक खाजाघरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव डिएसपी हरिबहादुर बस्नेतका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको विशेष टोलीले उक्त स्थानबाट नगद ७७ हजार १८० रुपैयाँ र तास बरामद गरेको छ ।

बस्नेतका अनुसार, उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । साथै, जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो समय पोखराका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन भइरहेका जुवा अखडाहरूमा निगरानी बढाएको छ ।

प्रकाशित मिति २०८३ वैशाख २४ गते बिहीबार १०:३६
हजुरको प्रतिक्रिया